लण्डनबाट नेपाल आउँदैछ टाइटन एअर, कतार एअरले लैजाँदैछ जर्मनीका नागरिक

 चैत २६, २०७६ बुधबार ९:२८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा रहेका बेलायती नागरिकलाई घर फर्काउनको लागि बेलायत सरकारले नेपालमा चार्टर्ड फ्लाइट पठाएको छ ।

बेलायतले टाइटन एअरको जहाज चाटर्ड गरेर नेपाल पठाएको हो । दुई सय ६८ जना यात्रुु लैजानको लागि टाइटन एअरको जहाज लण्डनबाट उडिसकेको छ । जहाज बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

यस्तै जर्मनीका नागरिक लैजान कतार एअरवेजको चार्टर्ड जहाज पनि काठमाण्डौ आउँदैछ । तीन सय तीन जना यात्रु लैजान कतार एअरवेजको जहाज सवा १० बजे नेपाल आइपुग्ने त्रिभुवन विमानस्थल कार्यालये जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया