गोकर्ण विष्टको पहलमा तीन सय थान पीपीई सहितका सामान गुल्मी पठाइयो

 चैत २६, २०७६ बुधबार १०:३७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व मन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का सङ्घीय सांसद गोकर्ण विष्टको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री पठाइएको छ ।

विष्टको पहलमा स्वास्थ्यकर्मीलाई अति आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र अन्य स्वास्थ्य सामग्री पठाइएको हो ।

पठाइएका सामग्री गुल्मीका १२ वटा पालिकामा रहेका स्वास्थ संस्था र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई वितरण हुने सांसद विष्टकाे सचिवालयले जनाएकाे छ । 

काठमाण्डौमा जोहो गरेर पठाएको स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाको साथै आत्मबल बढ्ने बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया