रोनाल्डिन्हो जेलमुक्त

 चैत २६, २०७६ बुधबार ११:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ६ महिना जेल सजाय घोषणा भएका रोनाल्डिन्हो ३२ दिनमा रिहा भएका हुन् । 

मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ । रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो । तारेखमा रिहा हुनका लागि १ दशमलव ६ मिलियन डलर तिर्न नसकेपछि दुवै जनालाई जेल सजाय भएको थियो । 

४० वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए । ब्राजिलले सन् २००२ मा विश्वकप जित्दा उनी राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य थिए । 

फिफा प्लेयर अफ द इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया