कोरोनाका कारण विश्वका १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने श्रम सङ्गठनको प्रक्षेपण

 चैत २६, २०७६ बुधबार ११:५३:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले प्रक्षेपण गरेको छ ।

कोभिड १९ को सङ्क्रमण रोक्न विश्वका विभिन्न देशमा लकडाउन भइरहेको छ, जसका कारण विभिन्न कम्पनीले अस्थायी वा स्थायी रुपमा कर्मचारी कटौती गर्न थालेको र केही कम्पनी बन्द हुने अवस्थामा पुगेको भन्दै सन् २०२० को चौमासिकसम्ममा १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने सङ्गठनले प्रक्षेपण गरेको हो । सङ्गठनका अनुसार हरेक पाँचमध्ये ४ जना व्यक्तिको रोजगार गुम्नेछ ।

आईएलओले पनि कोरोना भाइरसको महामारीको यो अवस्थालाई दोस्रो विश्व युद्धपछिको गम्भीर सङ्कट भनेको छ । सबैभन्दा धेरै जोखिम अमेरिका, युरोप र मध्य एसियामा छ । कोरोना भाइरसको प्रकोप अन्तर्राष्ट्रिय जगतको लागि एउटा परीक्षा रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा आईएलओले अनुरोध गरेको छ । ‘कामदार र कम्पनीहरुले ठूलो क्षति विनास भोगिरहेका छन्, जसको असर विकासित र विकासशील अर्थ व्यवस्थामा परेको छ’, सञ्चारकर्मीलाई सम्बोधन गर्दै सङ्गठनका कार्यकारी निर्देशक गाय राइडरले भने ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया