भारतबाट आउने क्रम नरोकिएपछि पर्सामा चेकपोस्ट बढाइयो

 चैत २६, २०७६ बुधबार १८:०:५४ | रासस
unn.prixa.net

पर्सा - नेपाल–भारत खुला सीमाको प्रयोग गरी प्रदेश २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । 

तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप २२९ चेकपोस्ट थपिएको हो । अहिले चेकपोष्टको सङ्ख्या ३२९ पुगेको छ । 

यसअघि आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा राखिएको थियो । लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोस्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिनुभयो ।

यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको सङ्ख्या बढाइएको उहाँले बताउनुभयो । 

‘प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेकपोष्ट थियो’, सूचना अधिकारी सुनारले भन्नुभयो, ‘अहिले त्यसलाई बढाएर ३२९ पुर्याएका छौँ । भारतबाट नेपाल आउनसक्ने सम्भावित ठाउँमा चेकपोस्ट बनाइएको हो ।’

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया