प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोना भाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गर्नु भएको छ ।
फोर्ब्सका अनुसार डोर्सेको कुल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ ।
खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार नाघ्यो, कोरोनाको शंका लागे यी नम्बरमा सम्पर्क गर्नुहोस् |