प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
बझाङ - बझाङको प्रसिद्ध छबिसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा त्यहाँँका जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीहरु सहित ९ जना पक्राउ परेका छन् ।
कोरोना भाइरस कोभिड १९ को महामारी फैलिन नदिन लकडाउन भए पनि त्यहाँका स्थानीय बासिन्दाले लडकडाउन उल्लङ्घन गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताउनुभयो ।
पक्राउ पर्नेमा छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशब राज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका छन् ।
जनप्रतिनिधिसँगै बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुईजना सहयोगी पण्डित डम्बरबहादुर धामी र पुजारी जयकृष्ण जोशी पनि पक्राउ परेका छन् ।
उनीहरुसँगै स्थानीय ईन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । सुदूरपश्चिमको प्रसिद्ध मेलामा बान्नीकी चैतलीमा हजारौं श्रद्धालु तथा दर्शनार्थीहरु भेला हुने गर्छन् ।
तर कोरोना भाइरसको जोखिम बढेकाले यासपालि धार्मिक तथा सामाजिक काम नगर्न र लकडाउनको पूर्ण पालना गर्न पटक पटक आग्रह गर्दै आएको छ ।