‘लकडाउन’को अवधिमा घरमै बसेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन

 चैत २७, २०७६ बिहिबार ६:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ‘लकडाउन’को अवधिमा घरमै बसेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएकाे हाे । 

निर्देशनमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन, टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालय प्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्न, भनिएकाे छ । कोभिड १९ बाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्न निर्देशन दिइएकाे छ । 

त्यस्तै आफू बसेको ठाउँ वरिपरि ‘लकडाउन’ सुरु भएको मितिपछि कोभिड १९ बाट प्रभावित ठाउँबाट आएका व्यक्ति अनावश्यक रूपमा घुमफिर गरेको पाइएमा तिनलाई क्वरेण्टीनमा बस्न अनुरोध गर्ने र त्यसरी अनुरोध गर्दा पनि बाहिर हिँडडुल गरेको पाइएमा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन भनिएको छ ।

साथै सरकारी निकाय तथा पालिकाबाट सञ्चालन गरिएका लगत सङ्कलन, राहत वितरण जस्ता कार्यमा सहयोग पुर्‍याउन, दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा जानकारी गराउन, अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्न तथा सावधानीका उपाय सिकाउन पनि सरकारले घर बसेका कर्मचारीलाई निर्देशन दिएको छ । 

यस्तो छ १० बुँदे निर्देशन-

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया