लकडाउन उल्लङ्घन गर्ने ६ सय ६० जना नियन्त्रणमा

 चैत २७, २०७६ बिहिबार ७:३५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लकडाउन उल्लङ्घन गर्ने ६ सय ६० जनालाई काठमाण्डाै उपत्यकाबाट नियन्त्रणमा लिइएकाे छ । 

बिहीबार बिहानै काठमाण्डाैबाट पाँच सय १३ जना र ललितपुरबाट एक सय ४७ जना गरी ६ सय ६० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि हिँडेको पाइए प्रहरीले केही बेर 'होल्ड' गर्ने राख्ने गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण राेकथामका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ । सरकारले लकडाउनकाे पूर्णरुपमा पालना गर्न पनि आग्रह गर्दै आइरहेकाे छ । 

गएकाे मङ्गलबार देशवासीलाई सम्बाेधन गर्दै भाइरसकाे सङ्क्रमणकाे लागि लकडाउनकाे विकल्प नभएकाे बताउनुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया