बेलायती प्रधानमन्त्री जाेनसनकाे स्वास्थ्य सुधार हुँदै

 चैत २७, २०७६ बिहिबार ७:५४:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतका अर्थ मन्त्री ऋषि सुनकले प्रधानमन्त्री बोरिस जाेनसनकाे स्वास्थ्यमा सुधार भइरहेकाे बताएका छन् । 

सुनकले भने, 'प्रधानमन्त्री बेडमा बसिरहेका छन् र स्वास्थ्यकर्मीसँग सकारात्मक भएर कुरा गरिरहेका छन् । काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित भएका प्रधानमन्त्री जाेनसनकाे पछिल्लाे स्वास्थ्य अवस्थाका बारेमा अर्थ मन्त्री सुनकले जानकारी दिएका हुन् । 

अर्थ मन्त्रीका अनुसार पछिल्लाे २४ घण्टामा बेलायतमा एकैदिन ज्यान गुमाउनेकाे सङ्ख्या अहिलेसम्मकै धेरै भएकाे छ । २४ घण्टामा ९ सय ३८ जनाकाे ज्यान गएसँगै बेलायतमा अहिलेसम्म सात हजार ९७ जनाकाे ज्यान गएकाे छ । 

बेलायतमा काेराेना भाइरसबाट ६० हजारभन्दा धेरै सङ्क्रमित भएकाेमा तीमध्ये एक सय ३५ जना उपचारपछि निकाे भएका छन् भने ५३ हजारभन्दा बढीकाे उपचार भइरहेकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • योगेश्वर अमात्य

    April 9, 2020, 9:01 a.m.

    बेलायतको प्रम बोरिस जोन्सनको सिघ्र स्वास्थ्य लाभःको कामना गर्दै यो समय बेलायतलाई अघि लान प्रमको अति आवश्यकता छ भन्न चाहान्छु wishing the pm of britain a speedy and full recovery

  •  0 Reply

तपाईको प्रतिक्रिया