डलरकाे भाउ अहिलेसम्मकै महँगाे

 चैत २७, २०७६ बिहिबार ९:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार अमेरिकी १ डलरको बिक्री दर एक सय २१ रुपैयाँ ३१ पैसा थियो ।

त्यस्तै बिहीबार अमेरिकी डलर १ काे खरिद दर एक सय २१ रुपैयाँ ९० पैसा तोकेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो ।

केही महिनायता कोरोना भाइरसका कारण विश्व बजार प्रभावित छ । अमेरिकी डलरको माग बढेपछि मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • dhama paudyal

    April 9, 2020, 9:31 a.m.

    अर्थ शास्त्र को नियम अनुसार त अमेरिकाको अर्थतन्त्र डामाडोल हुँदै गरेको स्थितिमा अमेरिकि डलर को मुल्य घट्नु पर्ने थियो कसरी डलर झान बलियो भो ? भाइरस को अ सर इन्डिया मा अमेरिकाको तुलनामा कम छ तैपनी यो के हुँदैछ ?भा रु कम्जोर भो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया