सरकारी कम्पनीले नै घरघरमा ल्याइदिनेछ चामल र कर्णालीकाे सिमी

 चैत २७, २०७६ बिहिबार ९:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारी कम्पनीले नै घरघरमा खाद्यान्न पुर्‍याउन सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन अर्डरमार्फत घरघरमा सामग्री पुर्‍याउन थालेको हो ।

कम्पनीले अहिलेलाई चामल र सिमीको होम डेलिभरी सुरु गरेको हो । यसको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइट मा गएर अर्डर गर्न सकिनेछ ।

कम्तीमा दुई हजार रुपैयाँको सामान अर्डर गरेको हुुनुपर्ने, चक्रपथ भित्रबाट अर्डर गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । अर्डर गरेको सामान बढीमा दुई दिनभित्र सामान पुर्‍याइने कम्पनीको दाबी छ ।

यसरी घरघरमै पुर्‍याएकाे सामानको होम डेलिभरी शुल्क लाग्ने छैन । अहिलेलाई सोना मन्सुली चामल, जापनिज चामल र कर्णालीको सिमी घरघरमा पुर्‍याउने कम्पनीले जनाएको छ ।

सोना मन्सुली चामल ३० किलोको १४ सय १० रुपैयाँ, जापनिज चामल ३० किलोको १८ सय ९० रुपैयाँ र कर्णालीको सिमी दुई किलोको प्याकेटको दुई सय ४० रुपैयाँ तोकिएको छ । तर यसमा १० प्रतिशत छुट हुनेछ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया