सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
लमजुङ - लमजुङका केही पालिकाहरुले अन्यत्रबाट आफ्नो क्षेत्रमा आई ज्याला/मजदूरी गर्दै आएकाहरुलाई घर पठाउन थालेका छन् ।
लमजुङको राइनास नगरपालिकाले लकडाउनका कारण अलपत्र परेका ४२ जना मजदूरलाई घर पठाएको छ । विभिन्न जिल्लाबाट यस ठाउँमा आएर ज्याला मजदूरी गरेका र लकडाउनका कारण अलपत्र परेका ४२ मजदूरलाई नगरपालिकाको सहयोगमा बुधबार घर पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दाङका ७, सल्यानका १३ र रुकुमका २२ गरी ४२ जना मजदूरलाई घर पठाइएको हो । यसैगरी सुन्दर बजार नगरपालिकाले पनि आफ्नो दुई वटा नगर बसमा मंगलबार साँझ मजदूरहरुलाई घर पठाएको छ ।
देशका विभिन्न जिल्लाबाट यस क्षेत्रमा आएर मजदूरी गर्दै आएका र लकडाउन कारण अलपत्र परेका र घर जान चाहेका ९६ मजदूरलाई घर पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतमले जानकारि दिनुभयो ।
उहाँका अनुसार दाङ, सल्यान, सुर्खेत, चितवन, रुकुमका मजदूरलाई घर पठाइएको हो । यसअघि नगरपालिकाले आफ्नो नगर बसमा ६४ जना मजदूरलाई सल्यान पठाएको थियो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।