गाेली हानेर ९ लाख रुपैयाँ लुटियाे

 जेठ १३, २०७५ आइतबार ११:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढीमा गोली प्रहार गरी ९ लाख रकम लुटपाट भएकाे छ । आईएमई  सेन्टरका कर्मचारी बैंकमा रकम झिकेर आउने क्रममा लुटेराले रकम लुटेका हुन् ।

आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ का ३७ वर्षीय निर्मल कार्कीमाथि पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो । लु ४० प ४४३८ नम्बरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको सब्जीमण्डीमा आईएमर्इका कर्मचारी कार्कीमाथि  गोली प्रहार गरि बैंकबाट  झिकेको रकम लुटेर  फरार भएका हुन् ।

गाेली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको डाक्टरहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया