स्याङ्जामा कालोबजारी गर्नेहरु पक्राउ, मुद्दा दर्ता

 जेठ १, २०७७ बिहिबार १६:४१:३१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - लकडाउनको मौका छोपी खाद्यान्नको कालोबजारी गर्ने तीन जनालाई स्याङ्जाको बिरुवाबाट पक्राउ गरिएको छ । 

कालोबजारी गरेको पाइएपछि विरुवा गाउँपालिका–५ का सोम बहादुर थापा, इन्द्रबिर थापा र राजेन्द्र प्रसाद वाग्लेलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
उनीहरुले दैनिक उपभोग्य सामग्री खाद्यान्न, मदिरा लगायतका सामग्रीहरु बढी मूल्यमा बेचेको बताइएको छ ।  

तीनै जनालाई कालो बजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन २०३२ अनुसार मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २०, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया