कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
लमजुङ – कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लमजुङलाई शुक्रबार राति १२ बजेदेखी जेठ ५ गतेसम्मका लागि सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं क्राइसिस म्यानेजमेन्ट सेन्टर (सङ्कट व्यवस्थापन केन्द्र) का संयोजक लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको सङ्कट व्यवस्थापन केन्द्रकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । जेठ २ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म लागू हुने गरी जिल्ला सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो ।
'कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि जेठ ५ गते राति १२ बजेसम्मका लागि जिल्लाका सीमा नाका पूर्णरुपमा सिल गर्ने बैठकले निर्णय गरेको छ', उहाँले भन्नुभयो, 'बैठकले अत्यावश्यक कामका लागि अनुमति पाएका सवारी साधनबाहेकका सबै आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ ।'
एम्बुलेन्स, शव वाहन, दमकल, अत्यावश्यक कामका लागि अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी साधन तथा मानिसहरुको आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार बैठकले लमजुङभित्र र बाह्य जिल्लाका लागि यसअघि जारी गरिएको ई-पासलगायत सबै पास खारेज गर्ने निर्णयसमेत गरेको छ ।
औषधि पसल र अत्यावश्यक खाद्य सामग्री बिक्री गर्ने पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्ने, बैंक, वित्तीय संस्था, बीमा, सहकारीलगायतका सबै सेवाहरु समेत बन्द गर्ने निर्णय भएको पनि उहाँको भनाइ छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।
दिपेन्द्र कटुवाल
May 16, 2020, 1:42 p.m.आफ्ना कुरा उज्यालोमा पठाउदा यहि लेखेर पठाए हुन्छ कि कहाँ लेख्नु पर्छ जानकारी पाउ