लमजुङको मध्यनेपाल नगरपालिका : वर्षौँदेखि बाँझिएको जग्गामा खेती गर्नेलाई अनुदान दिइने

 जेठ ११, २०७७ आइतबार २०:२:४१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदानको व्यवस्था गरेको छ । 

वर्षौँदेखि बाँझो रहेको जमिनको उपयोग गरी कृषि उत्पादन वृद्धि गर्नुका साथै स्थानीय युवालाई स्वदेशमै स्वरोजगार बनाउने हेतुले बाँझो जमिनमा खेती गर्नेलाई अनुदानको व्यवस्था गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो । 

उहाँका अनुसार कम्तीमा दुई वर्षदेखि बाँझो रहेको जग्गा भाडामा लिइ खेती गर्नेलाई प्रतिरोपनी वार्षिक पाँच हजार रुपैयाँ र आफ्नै बाँझो जग्गामा खेती गर्नेलाई वार्षिक चार हजार रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । यो कार्यक्रम यसै वर्षदेखि लागू हुनेछ ।

‘अनुदान लिनका लागि कम्तीमा दुई वर्षदेखि बाँझो रहेको जग्गामा खेती गरिएको हुनुपर्छ । उनीहरुले अन्नबाली, नगदेबाली र फलफुल खेती गर्न सक्नेछन्’ नगरप्रमुख पाण्डेले भन्नुभयो ।

उहाँका अनुसार ४० वर्षमुनिका स्थानीय युवाले बाँझो जमिनमा खेती गर्न चाहेमा पनि अनुदान उपलब्ध गराइनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया