स्याङ्जामा थपिए ३ जना कोरोना सङ्क्रमित

 जेठ १५, २०७७ बिहिबार ९:४०:५७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा ३ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।

वालिङ नगरपालिकाको क्वरेन्टीनमा रहेका २६ र २२ वर्षका २ जना पुरुष तथा ३९ वर्षकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । उनीहरु सबै भारतबाट आएका हुन् ।

सङ्क्रमित तीनै जनालाई अस्पताल भर्ना गर्ने तयारी छ । यसअघि वालिङकै क्वरेन्टीनमा रहेका २ जनामा सङ्क्रमण भेटिएको थियो । उनीहरुको पनि जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया