डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

 जेठ १७, २०७७ शनिबार ८:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ ।

उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन गरेको भन्दै उ माथिको सहयोग रकम कटौती गर्ने घोषणा गर्नु भएको थियो । चीनले भने डब्लूएचओलाई आफूले सहयोग गर्ने बताउँदै आएको छ ।

चीनको वुहानमा सबेभन्दा पहिलो पटक देखिएको भनिएको कोरोना भाइरसको महामारीको प्रभाव अमेरिकामा धेरै परेपछि दुई देशको सम्बन्ध थप चिसिएको छ । कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै रहेका देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ ।

अमेरिकामा झण्डै १८ लाख सङ्क्रमित छन् भने त्यहाँ एक लाख ४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया