खोटाङको ऐंसेलुखर्क गाउँपालिका सिल

 जेठ १७, २०७७ शनिबार ११:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – दुई कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि खोटाङको ऐंसेलुखर्क गाउँपालिका सिल गरिएको छ । 

शुक्रबार जनप्रतिनिधि र कर्मचारी गरी ४८ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको हो । 

अर्को आदेश नआएसम्मका लागि गाउँपालिकामा सवारी साधन आवत–जावत, व्यापार व्यवसाय सञ्चालन लगायतका गतिविधिमा रोक लगाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो । 

आरडीटी रिपोर्ट पोजिटिभ देखिपछि गाउँपालिकाबाट प्रवाह हुँदै आएको सबै प्रकारका सेवा समेत बन्द गरिएको छ । आरडीटी पोजिटिभ देखिएका दुई जनाको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि पठाउने तयारी गरिएको अध्यक्ष निरौलाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया