भारतमा एकैदिन ७ हजार ९६४ सङ्क्रमित थपिए

 जेठ १७, २०७७ शनिबार १३:४७:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा पछिल्लाे २४ घण्टामा मात्रै सात हजार नाै सय ६४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याे दैनिक सङ्क्रमित हुनेकाे सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे । 

याेसँगै भारतमा कुल काेभिड–१९ सङ्क्रमितकाे सङ्ख्या बढेर एक लाख ७३ हजार सात सय ६३ भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । सङ्क्रमितमध्ये ८२ हजारभन्दा धेरै निकाे भएका छन् भने ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रिमत छन् । 

यसका साथै स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा दुई सय ६५ जनाकाे ज्यान गएकाे छ, याेसँगै भारतमा काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार नाै सय ७१ भएकाे छ । 

भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएकाे छ, यहाँमात्रै ६२ हजार दुई सय २८ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । महाराष्ट्रपछि तमिलनाडु (२०,२४६) दिल्ली (१७,३८६) र गुजरात (१५,९३४) सबैभन्दा धेरै प्रभावित भएका राज्य हुन् ।  

भारतमा लकडाउन खुकुलाे बनाउँदै रेल सेवा र बस सञ्चालनमा आएपछि दैनिक सङ्क्रमितकाे सङ्ख्या बढ्दै गएकाे बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया