अहिलेसम्म १ लाख ८० हजार बढीकाे काेराेना परीक्षण, १ लाख १९ हजार बढी क्वरेण्टीनमा

 जेठ १८, २०७७ आइतबार १७:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत ६९ हजार पाँच सय ८२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै आरडीटी विधिमार्फत एक लाख ११ हजार एक सय नाै जनाको जाँच भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिमार्फत दुई हजार आठ सय ५३ जनाको र आरडीटीमार्फत चार हजार ५४ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे । 

यसैबीच मन्त्रालयले पीसीआर विधिको परीक्षण विस्तार भइरहेको जनाएको छ । अहिलेसम्म क्वरेण्टीनमा रहनेकाे सङ्ख्या एक लाख १९ हजार एक सय ९२ जना रहेका छन् । अहिलेसम्म दुई सय २० जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

साेमबार एक सय ६६ जना सङ्क्रमित भएसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या एक हजार पाँच सय ६७ पुगेकाे मन्त्रालयले जनाएकाे छ । आज बाजुराकी दुई वर्षीया बालिकाकाे काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे पुष्टि भएसँगै कुल मृतककाे सङ्ख्या आठ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया