दाङमा काेराेना सङ्क्रमित व्यक्तिमा डेङ्गी देखियाे

 जेठ १८, २०७७ आइतबार १८:१८:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बबई गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित व्यक्तिमा डेङ्गी भेटिएको छ । बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलशनमा रहनुभएका बबई गाउँपालिका ६ का ३० वर्षीय पुरुषमा जाँच गर्दा आइतबार डेङ्गी भेटिएको हो ।

अस्पतालका हेल्थ असिस्टेन्ट द्राेर्ण वलीले ती व्यक्तिमा ज्वरो आएपछि रगत र पिसाब जाँच गर्दा डेङ्गी (लामखुट्टेको टोकाइबाट हुने) फेला परेको जानकारी दिनुभयो । ती व्यक्तिमा जेठ १६ गते कोरोना भाइरस पुष्टि भएपछि त्यही दिन बेलझुण्डी अस्पताल ल्याइएको वलीले बताउनुभयो । 

एक हप्ता अगाडि भारतबाट आएका ती व्यक्ति बबई गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा बसेका थिए । कोरोना सङ्क्रमितलाई लामखुट्टेले टोकेपछि हुने डेङ्गी फेला परेपछि त्यही अनुसार उपचार थालिएको अस्पतालका हेल्थ असिस्टेन्ट वलीले जानकारी दिनुभयाे ।  

दाङमा यो वर्ष डेङ्गी फेला परेकाे याे पहिलो घटना हो । 

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • आदर्श शर्मा

    June 1, 2020, 7:22 a.m.

    यस्तो संकर्मणबाट बँच्ने उपाय बूँदीगतरूपमा भनि दिए आभारी हुँने थिएँ

  •  0 Reply

तपाईको प्रतिक्रिया