सरकारी विद्यालयको जिम्मा निजीलाई दिन खोजिएको हुँदै होइन : मन्त्री खतिवडा

 जेठ १९, २०७७ सोमबार १२:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा युवराज खतिवडाले सरकारी विद्यालय व्यवस्थापनको जिम्मा निजीलाई दिन नखोजेको प्रष्ट पार्नुभएको छ ।

बजेटमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयले गर्ने उल्लेख भएपछि चौतर्फी विरोध भइरहेको छ । यसबारेमा संसदमा जवाफ दिँदै मन्त्री खतिवडाले वास्तविकता भन्दा धेरै हल्ला भएको बताउनुभयो । 

‘शिक्षा क्षेत्रमा प्रश्न उठेका छन् । माध्यामिक शिक्षा राज्यको दायीत्व हो । सरकारले निशुल्क गर्नुपर्छ, हाम्रो दायीत्व हो । तर निजी विद्यालयले सामाजिक उत्तरदायीत्व अनुसार निजी विद्यालयले सरकारलाई अनुरोध गरेको हो । सरकारले सरकारी विद्यालय निजी विद्यालयलाई सुम्पन लागेकोजस्तो हल्ला गलत हो’, मन्त्री खतिवडाले भन्नुभयो । 

 सामाजिक उत्तरदायीत्वमार्फतको एक प्रतिशत रकम बाट निजी विद्यालयले सरकारी विद्यालयमा सहयोग गर्न चाहेकाले स्विकार गरिएको मात्रै उहाँको भनाई छ । 
‘निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोजिएको विषय हुँदै होइन’, खतिवडाले भन्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया