अहिले सरकारले गरेको व्यवस्था अनुसार स्वदेश फर्कन तयार हुनुहोस्

 जेठ २०, २०७७ मंगलबार १९:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासले फर्कन चाहने नेपालीको विवरण संकलन तथा प्राथमिकता छुट्याउने काम गरिरहेका छन् ।विमानस्थलमा भौतिक दूरी कायम हुनेगरी रेखांकन तथा अरु काम सकिएको छ । विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउन दिनमा १० वटा उडान गर्ने सरकारको तयारी छ ।

नेपाल एअरलाइन्सका जहाजले नभ्याएमा अरु वायुसेवा र विदेशी विमानसमेत चार्टर्ड गर्ने सरकारको योजना छ । विदेशमा रोजगारी गुमाएर फर्कनेलाई स्वदेशमै रोजगारी दिनका लागि सरकारले त्यही अनुसार कार्यक्रम र बजेटको पनि व्यवस्था गरेको छ । सरकारको यही तयारीका बारेमा तपाईँका प्रश्न हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेलाई सोधेका छौं ।

साउदीबाट बसन्त ओलीको प्रश्न छ : साउदीको दमाम्ममा रहेको घर फिर्ती केन्द्रमा मसहित ७० जना नेपाली छौं । मार्च १० तारिखको टिकट थियो, तर दुबई ट्रान्जिट भएको कारण उडान रद्द भयो ? सरकारले उद्धार गर्ने लिस्टमा हामी पर्छौं कि पर्दैनौं होला ? हामी निकै समस्यामा छौं ? 

सरकारले विदेशमा कोरोनाको कारण समस्यामा परेर नेपाल ल्याउनैपर्ने अवस्थामा रहेकालाई ल्याउने भनेर गएको जेठ १२ निर्णय गरेको छ ।  जसअनुसार विभिन्न अवस्थामा रहनुभएका नागरिकलाई प्राथमिकीकरण गरेर ल्याउने भन्ने छ ।

उहाँहरु घर फिर्ती क्याम्पमा बसेको भनेपछि उहाँलाई ल्याउनुपर्ने अवस्थामा हुनुहुन्छ भन्ने बुझियो । त्यसैले अब तपाईँहरुले सबैभन्दा पहिला आफ्नो अवस्थासहित आवश्यक विवरण दूतावासमा जानकारी गराउन पर्‍यो ।

तपाईँहरुको समस्या र अवस्थाको आधारमा प्राथमिकीकरण गरेर ल्याइन्छ । आत्तिन परेन । सबैजनाले आफ्नो विवरण जस्तै कहिले जानुभएको हो ? नेपाल आएर कहाँ बस्ने ? प्रदेश, जिल्ला र स्थानीय तहको पूर्ण विवरणहरु दूतावासमा टिपाउनुहोस् । त्यही अनुसार दूतावासले उडानको तालिका बनाउनेछ । तपाईँहरु आउन पाउनुहुन्छ । 

कतारबाट गौरब शाहीको जिज्ञासा छ : हामी काम र कमाइ नभएर बिचल्लीमा परेकालाई सरकारले नेपाल लैजाँदा पैसा तिर्नुपर्छ कि पर्दैन ? क्वरेण्टीनमा बस्दा नि पैसा तिर्नुपर्छ भन्ने हल्ला छ । मसहित मेरा केही साथीहरुसँग एक सुको पनि छैन । हामीले के गर्ने होला ?

उहाँ जानुभएको कति समय भयो भनेर खुलाउनुभएको रहेनछ । त्यस कुराले पनि तपाईँ जानुभएको कति भयो भन्ने कुरा निर्धारण गर्छ । यथार्थपरक ढङ्गले हेर्नुपर्छ । अर्को कुरा सामान्यतया उहाँलाई घर फिर्तीको टिकट सम्बन्धित रोजारदाताले नै दिनपर्ने व्यवस्था करारमा नै हुन्छ ।  

अब यो अवस्था रहेन भनेपछि अब सम्बन्धित व्यक्तिले नै हवाई उडान र अन्य यातायात खर्च तिर्न पर्नेगरी निर्णय भएको छ अहिलेलाई । क्वरेण्टीसँग सम्बन्धित कुरामा चाहिँ पहिला काठमाण्डौ आउनासाथ होल्डिङ सेन्टरमा बस्नुपर्ने हुन्छ । त्यहाँ स्वास्थ्य जाँच हुन्छ । त्यसपछि  सरकारले नै व्यवस्था गरेको सवारीमा नेपाली सेनाको संयोजनमा उहाँहरुलाई क्वारेण्टीनसम्म पुर्‍याइन्छ ।

घर नजिकैको पालिका वा उहाँले कहाँ बस्ने भनेर छनोट गर्नुहुन्छ, त्यहाँ उहाँहरु बस्न सक्नुहुन्छ । सरकारले व्यवस्था गरेको क्वरेण्टीमा बस्दा कुनै पनि किसिमको खर्च लाग्दैन । अर्को कुरा होटेल क्वरेण्टीनमा बस्छु भन्नुहुन्छ भने सरकारले तोकेको होटेल क्वारेण्टीनमा पनि बस्न सक्नुहुन्छ । त्यहाँ बस्दा लाग्ने रकम आफैंले तिर्नुपर्छ । महामारीको परिस्थितिमा स्वदेश फर्कंदा स्वास्थ्य सतर्कतामा ध्यान दिनुपर्छ । सरुवा रोग भएकाले एकदमै सावधानी अपनाउनु पर्छ । अहिलेलाई नआत्तिकन जे व्यवस्था गरेको छ, त्यसअनुसार नै स्वदेश फर्कने भनेर सोचौं । जो भर्खरै जानुभएको छ, अति नै समस्यामा पर्नुभएको छ, यस्तो विशेष अवस्थामा रहेकाहरुलाई त्यही अनुसार नै हेर्नुपर्ने हुन्छ । 

विकास गिरी सोध्नुहुन्छ : योपालि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई फरक ढङ्गले लाने भनेको सुनियो । पोहोरजस्तै झार गोड्ने काम हो कि ? फरक ढङ्गको काम हुँदा कस्तो कस्तो काम कसले कसले पाउँछन् ?

सरकारले रोजगारी दिने कुरालाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरिएको छ । यो कार्यक्रमको कार्यान्वयन हामी प्रभावकारी रुपमा गर्छाैं । नकारात्मक हिसाबले हेर्न हुँदैन । यसले बेरोजगारलाई रोजगारी दिने हो ।

झार गोडेको भन्ने हिसाबले मात्र प्रचार नगरिदिन हामी अनुरोध गर्छौं । विकास निमार्णमा काम गर्दा झारहरु ओखल्नु पनि काम हो, त्यसका लागि बजेट नै छुट्याएको हुन्छ । त्यसलाई नकारात्मक रुपमा नहेरिदिनुहोला । केही कमी कमजोरी भएका होला । त्यसलाई सुधार्दै जाने हो । हामी त्यसका लागि सुझावको पनि अपेक्षा गर्छाैं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत केही उपलब्धि पनि हासिल भएको छ । त्यसलाई हेरौं । भएका कमी कमजोरी सुधार्दै जाने कुरा हो । 

यस कार्यक्रमको मुख्य उदेश्यमध्ये एक विपन्न बेरोजगार, जसलाई तीन महिना आफ्नो आम्दानीले खान लगाउन पुग्दैन, उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान हुन्छ । न्यूनतम सय दिनको रोजगारी प्रदान हुन्छ ।

एउटा परिवारबाट एक जनालाई रोजगारी प्रदान हुन्छ । अर्थात एउटा परिवारको एक जनाले रोजगारी पायो भने उ गरिबीको रेखामुनीबाट न्यूनतम खान लगाउन पुग्ने ज्याला रकमबाट उसको जीवन निर्वाह हुन्छ भन्ने लक्ष्यबाट यो कार्यक्रम सञ्चालन हुन्छ । तसर्थ बेरोजगारहरुमध्ये अति विपन्न र गरिबीको रेखामुनी रहेकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गरिने छ ।

यो चाहिँ पालिकाले आफ्नो गाउँसभा वा नगर सभाले छनोट गरेका सामुदायिक पूर्वाधारका आयोजनामा या अन्य किसिमका आयोजनामा विकास निर्माणका काममा लागाएर रोजगारी प्रदान गर्छौं ।

यस कार्यक्रमबाहेक पनि विभिन्न स्वरोजार कार्यक्रम र विभिन्न कार्यक्रममा बजेट छुट्याएको छ । उहाँहरु त्यसमा पनि जोडिन सक्नुहुन्छ । त्यसका लागि उहाँहरुले गाउँपालिका, नागरपालिकामा रहेका रोजगार सेवा केन्द्र छ, त्यहाँ गएर आफ्नो नाम, अनुभव, सीप लागयतका विवरणहरु उपलब्ध गराएर उपयुक्त रोजगार वा स्वरोजगारमा संलग्न हुन सक्नुहुन्छ । 

अर्को कुरा कृषिजन्य उत्पादन, पशुपालन वा अन्य वनजन्य स्वरोजगारमा पनि उहाँहरु संलग्न हुन सक्नुहुन्छ । स्वरोजगारका लागि सर्वसुलभ ऋणहरु, वित्तीय सहायताहरु अथवा अन्य उद्यमशिलता विकासका लागि योजना कार्यक्रमहरु पनि छन् । त्यसबाट पनि लाभान्वित हुन हार्दिक अनुरोध गर्छौं ।  
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

7 Comments

  • पृथी वहादुर खत्री

    June 6, 2020, 3:21 a.m.

    म कतार गएको (2019-09-23)गते गएको हो ३ महिने भीसा सकियो तर कम्पनिले वास्ता गरेन पटक पटक भन्दा पनि भिसा id केहिपनि बनाई दिएन एउटा सानो होटलमा काम गर्थी त्यो पनि march देखि बन्द भयो साथमा पैसा छैन के गरि घर जाने jan- march सम्को पनि पैसा दिएन अब के गर्ने

  •  0 Reply
  • Tirtha thapa

    June 5, 2020, 2:50 a.m.

    म कतारवाट ...रेस्टुरेन्ट बन्द भएको २ महिना भयो, काम छैन , नेपाल जान पाउँ /

  •  0 Reply
  • Sandip naral

    June 4, 2020, 2:19 a.m.

    Father death

  •  0 Reply
  • प्रेम बहादुर कार्की

    June 4, 2020, 1:47 a.m.

    म दुबै मा छु मेरो करार अवधि सकिएर बसेको 5 महिना भैसको अहिले सम्म कम्पनिले नेपाल नपठाएको ले नेपाली राज दूतावास मा सम्पर्क गर्दा फोन लाग्दैन त्यस कारण मेरो नेपाल सरकारलाई के अनुरोध छ भने जसरी हुन्छ मलाई नेपाल फर्काइदिनु हुन बिनम्र अनुरोध गर्दछु। मेरो सम्पर्क नम्बर 0569140237 हो र यहाँ बस्न खानको लागि पनि कठिन छ सो किर्पय जसरी उद्दार गर्नु हुन अनुरोध गर्दछु ।।। जय नेपाल जय मातृभुमी धन्यवाद ।।।

  •  0 Reply
  • सरोज कुमार मंडल

    June 3, 2020, 9:50 p.m.

    म साऊदी अरब को दमाम शहर मा बिगत 9 बर्ष देखि एउटै मालिक को पसल मा कारयरत छू तर डेढ साल भै सकयो ईकामा नबनाएको र छूटी ग एर आको पनि मे 30 तारिक को 2 साल भ ईसकयो र म मधूमेह रोगको बिरामी हु म घर जान चाहनछू तर ईकामा नभ एकोले जान पाईरहेछैन स्वास्थ्य झन खराब हुदै ग ई रहेको छ कसरी घर जाने.

  •  0 Reply
  • नरेन्द्र घर्ती मगर हाल दुबै रोल्पा रुनतिगदि१

    June 3, 2020, 10:19 a.m.

    ‌ दुबै आएको 14/5/2020 मा २ बर्ष भयो र कोरोनाको कारन 3/2/2020 देखि नै काम बन्द भयो र अहिले भिसापनि सकियो र नेपाल फर्किने दिन कुरेर बसेको पनि महिनौ भैसकयो बस्नेत कम्पनी को हो खाना आफैले जोहो गर्नु पर्छ र भको पैसा पनि सकियो अब तिकेतको जोहो कसरि गर्ने र कोरोना तेस्त गर्न पनि झन्डै ४०० दिराम लाग्दो रहेछ के हामि नेपाल फर्कन को लागि कोरोना तेस्त गर्नै पर्छ त सरकार

  •  0 Reply
  • राजु कुमार साह

    June 3, 2020, 7:11 a.m.

    भिजीट मा हो

  •  0 Reply

तपाईको प्रतिक्रिया