दाङ : वडाध्यक्षसहित कोरोना सङ्क्रमित बढेपछि वडा सिल

 जेठ २१, २०७७ बुधबार ६:१९:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ ।

वडामा सङ्क्रमणको उच्च जोखिम भएकाले भएकाले बंगलाचुली गाँउपालिकाले सूचना निकालेर वडा सील गरेको बताएको हो। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मकालागि वडा सिल गरिएको पालिकाले जानकारी दिएको छ ।

बंगलाचुली गाँउपालिकाको वडा नम्बर ५ का अध्यक्षसहित ५ जनालाई सङ्क्रमण भएको मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया