इङ्ग्ल्याण्ड र वेस्ट इण्डिजबीचकाे टेस्ट जुलाई ८ तारिखदेखि

 जेठ २१, २०७७ बुधबार ८:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने ३ खेलको टेस्ट सिरिजको मिति टुङ्गो लगाएको छ ।

८ जुलाईदेखि बन्द रङ्गशालामा खेल्ने गरी इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुङ्गो लगाएको हो । यो सिरिजसँगै कोरोना भाइरसकाे कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् ।

पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ, दोस्रो टेस्ट १६ देखि २० जुलाईसम्म ओल्ड ट्राफोड र तेस्रो २४ देखि २८ जुलाईसम्म ओल्ड ट्राफोडमा नै हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया