लकडाउन फितलो भएपछि जुम्ला सदरमुकाममा बिहीबारसम्म निषेधाज्ञा जारी

 जेठ २१, २०७७ बुधबार ८:१०:२९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – लकडाउन फितलो भएपछि जुम्ला सदरमुकाम खलङ्गामा तीन दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । 

स्थानीय प्रशासनले मङ्लबार जेठ २१ गते बिहान ९ बजेदेखि २३ गते बेलुकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको जनाएको छ । 

भारतबाट आउनेहरु अत्यधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उल्लङ्घन भएको कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको हो । पछिल्लो समय आम नागरिक र सरोकारवालाहरुको गुनासो पनि लकडाउनको पालना नभएको र सुरक्षा परिचालन कमजोर भएको रहेको छ । 

यसैगरी पछिल्लो समय आउनेहरुको पीसीआर नतिजा पोजेटिभ देखिन थालेपछि त्रास फैलिएको छ । जुम्लामा अहिलेसम्म १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया