तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
रुकुम पश्चिम - मंगलबार राति मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेकाे अस्थायी प्रहरी पोस्ट आक्रमण तथा तोडफोड गर्ने वडाध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जाँडरक्सी खाएर नियोजित ढंगले प्रहरी चौकीमा आक्रमण गर्ने मुख्य योजनाकार मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दिपक केसी र त्यसै वडाका राजन केसी तथा खिलराज गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र घटनामा संलग्न अन्यको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।