गण्डकी प्रदेशमा थप १६ जनामा सङ्क्रमण : सङ्क्रमित ५४ पुगे

 जेठ २२, २०७७ बिहिबार ६:५८:३२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपिएकामा स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भएर गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला तथा २२ र २९ वर्षका पुरुष, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेका छन् । 

यसैगरी म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ भने पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । 

सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया