जुम्ला : माइकिङ गरेर कोरोना रोकथामबारे जनचेतना फैलाउँदै सुरक्षाकर्मी र प्रशासनकाे टाेली

 जेठ २२, २०७७ बिहिबार १४:३०:३७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जिल्लास्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वरेन्टीनको अनुगमनसहित कोरोना भाइरस रोकथाम विषयमा जनचेतना फैलाउन थालेका छन् ।

कडा सुरक्षा व्यवस्था गर्न पालिकाले अनुरोध गरेपछि सुरक्षा समितिले क्वरेन्टीनमा रहेकालाई १४ दिन सुरक्षित बस्न माइकमार्फत आह्वान गर्दै क्वरेन्टीनहरुको अवलोकन गरेको हो ।

क्वरेन्टीनको अनुगमन गरी तथा जनचेतना फैलाउने टोलीमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी नायब निरीक्षक लालबहादुर धामी, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, नेपाली सेनासहित सबै सुरक्षा निकायहरुको सहभागिता रहेकाे छ । 

 जिल्लाको कर्णाली राजमार्ग क्षेत्रका तिला गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय कुडारी, सिता मा.वि रारालिही, तिला गाउँपालिकाको दुर्गा मा.वि लाम्रासहितका विद्यालयहरुमा अनुगमन गरेर सुरक्षाको अवस्था र व्यवस्थापनको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनु भएको छ । 

यसैगरी सीता मा.वि रारालिहीमा सुरक्षाका लागि टोली पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गगन श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा अनुगमन गरेको टोलीले तिला र तातोपानीमा क्वरेन्टीन राम्रो भएको बताएको छ ।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भारतबाट आएकालाई एकीकृत क्वरेन्टीनमा र अरु शंका लागेकाहरुलाई वडामा व्यवस्थापन गरिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया