भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजदेखि आउँदो चैत मसान्तसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा गर्नुभएको छ ।
सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा पत्र पठाएर उहाँले राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा देशभित्र भ्रमण गर्दा प्राप्त हुने भत्ता नलिने जानकारी गराउनुभएको हो ।
उहाँले देश कोरोना सङ्क्रमणको महामारीविरुद्ध लडिरहेकाे बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठक भत्ता र भ्रमण भत्ता नलिने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।
भत्ता बापतको रकम सरकारको राजस्व खातामा जम्मा गरिदिन पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभएको छ ।