दैलेखको नारायण र दुल्लु नगरपालिकामा कर्फ्यु

 जेठ २३, २०७७ शुक्रबार १८:२७:४४ | अमर सुनार
unn.prixa.net

दैलेख – कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाे भन्दै दैलेखमा शुक्रबारदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

सङ्क्रमण रोकथाम गर्न सदरमुकाम नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएकाे दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।

पहिलो सङ्क्रमित फेला परेको तीन हप्ता नपुग्दै दैलेखका ११ मध्ये आठ वटा पालिकामा तीन सय आठ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले बताउनुभयो ।

प्राप्त विवरण अनुसार नारायण नगरपालिकामा एक सय ९४, दुल्लु नगरपालिकामा ३५, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक, आठबीस नगरपालिकामा एक, महाबु गाउँपालिकामा ६५, नौमूले गाउँपालिकामा सात, डुङ्गेश्वर गाउँपालिकामा तीन र गुराँस गाउँपालिकामा दुई जना कोरोना सङ्क्रमित फेला परेका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया