सबै स्थानीय तहमा एक डाक्टर

 जेठ १५, २०७५ मंगलबार १६:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले स्वास्थ्य क्षेत्रका लागि ५६ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।

संसद भवनमा आर्थिक वर्ष २०७५–०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो बताउनुभएको हो ।

बजेटमा सरकारले सबै नेपालीलाई आधारभूत स्वास्थ्यमा पहुँच पुर्याउन स्वास्थ्य बीमा देशैभर पुर्याउने भएको छ । यस्तै एक सय भन्दा बढी शैया भएका अस्पतालमा ज्येष्ठ नागरिकको सहज उपचारका लागि ज्येष्ट नागरिक वार्ड बनाइने घोषणा गर्नुभयो । 

देशका सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था बनाइने घोषणा गर्दै उहाँले पहिलो चरणमा १२ सय वडामा यस्ता स्वास्थ्य संस्था बनाइने गरी छनोट समेत गरिएको  बताउनुभयो । सबै स्थानीय तहमा कम्तिमा एकजना डाक्टरको व्यवस्था गर्ने तथा सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाइएको छ ।

सरकारले आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि १० करोड रकम समेत छुट्याएको छ । अब सातै प्रदेशमा चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्ने पनि उहाँले बजेटमा उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया