बजेटको प्राथमिकता : २ वर्षभित्र साक्षर नेपाल

 जेठ १५, २०७५ मंगलबार १६:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले आउँदो २ वर्षभित्रमा साक्षर नेपाल बनाउने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणमा आगामी २ वर्षभित्र देशलाई साक्षर बनाउने कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने, माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र विशेष अभियान चलाएर निरक्षरता निर्मुल गर्ने बजेटमा उल्लेख छ । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ ।

 विश्वविद्यालय सुधार, पाठ्यपुस्तक सुधार, शिक्षा संकायमा स्नातकोत्तर गरेका विद्यार्थीलाई अनिवार्य रुपमा सामुदायिक स्कुलमा इन्टर्नशिप गर्नुपर्ने पनि बजेटमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया