सरकारले ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने

 जेठ १५, २०७५ मंगलबार १७:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने भएको छ ।

यसका लागि सरकारले एक सय वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ । पर्यटकीय क्षेत्रको विकासका लागि स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सहज बनाइने पनि सरकारले घोषणा गरेको छ ।

संसद भवनमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन क्षेत्रमा ५ अर्ब ३४ करोड बजेट छुट्याएको बताउनुभयो ।

हिमाल आरोही र पर्यटकको आकस्मिक उद्धार प्रभावकारी बनाउनुका साथै सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने उल्लेख छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया