कर्मचारीको तलब बढेन, महंगी भत्ता बढ्यो

 जेठ १५, २०७५ मंगलबार १७:३२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको तलब बृद्धि नगरेको भए पनि कर्मचारीको महंगी भत्ता भने बढाइएको बताउनुभयो ।

कर्मचारीले अब महंगी भत्ता बापत २ हजार रुपैयाँ थप पाउने भएका छन् । यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता पनि बृद्धि भएको छ । अब वार्षिक रुपमा कर्मचारी तथा शिक्षकले १० हजार रुपैयाँ पोशाक भत्ता पाउने भएका छन् । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया