बच्चाहरुमा स्मार्टफोनको लत

 साउन २८, २०७५ सोमबार ११:८:२८ | पी एम महतारा
unn.prixa.net

संसारमा द्रुत गतिमा भइरहेको प्रबिधिको विकासले संसारलाई साँघुरो बनाइरहेको छ । केही वर्ष अघिसम्म गरिने हुलाक, कुरियर जस्ता परम्परागत तरिकाहरु अहिले इतिहास जस्तै बनिसकेका छन् । 

विशेष गरी सञ्चारक्षेत्रमा भएको विकास आश्चर्यजनक छ । 

केही वर्ष अगाडि आएका परम्परागत मोबाइलहरुलाई पछि पार्दै स्मार्टफोनले विश्व ढाकेको छ । नेपालमा पनि दुरदराजदेखि शहरसम्म व्यक्तिका हातमा स्मार्टफोन भएकै हुन्छ । 

तर त्यही स्मार्टफोन साना बाल–बच्चा भएका अभिभावकका लागि टाउको दुखाईको विषय बनेको छ । जन्मेका केही वर्ष भएका देखि स्कुले केटाकेटीहरुमा स्मार्टफोन को लत एउटा गम्भीर समस्या बन्दै आएको छ ।

स्मार्टफोनको लत कसरी हटाउने भन्ने विषयमा अभिभावकहरु चिन्तित बन्दै आएका छन् ।

बाल मनोवैज्ञानिकहरुका अनुसार डिजिटल हिरोइन भनिने स्मार्ट फोनको लत संसारमै जटिल समस्या बनिरहेको छ । स्मार्टफोन पाएपछि बालबालिकाहरु घन्टौंसम्म गेम खेल्ने, एनिमेसन हेर्ने, राईमहरु सुन्ने गर्छन । यसबाट उनीहरुको आँखासँगै कोमल मस्तिष्कमा पनि गम्भीर आघात पुग्दछ ।

यसबाट शारीरिक, मानसिक तथा सामाजिक विकास हुन सक्दैन । प्राय २ देखि ७ वर्षका बालबालिकाहरुको शारीरिक विकास द्रुत गतिमा भइरहेको हुन्छ ।

खल्ने, दौडने, नयाँ कुरा सिक्ने–देख्ने समयमा स्मार्टफोनको एकोहोरो हेराइले उनीहरुको शारीरिक विकास नहुनुका साथै सानै उमेरमा मोटोपनको समस्या समेत आउन सक्छ । 

स्मार्टफोनको लत बसेका बच्चाहरु मानसिक रुपमा थकित हुने, झर्कने, रिसाउने र कुनै पनि कुरामा रचनात्मक नहुने खालका देखिन्छन् ।

उनीहरुमा केवल आफुले खेल्ने गेम, आफुले हेर्ने भिडियोकै बारेमा चिन्तित हुने तथा त्यही कुरा दोहोर्याई राख्ने खालका हुन्छन् । यस्ता बच्चाहरुमा सामाजिक विकास पनि हुन सक्दैन । 

सामान्यतया २ देखि ५ वर्षका बालबालिकाहरुले नयाँ कुरा तथा भाषा सिक्ने उमेर हो । स्मार्टफोनको लत बसेका बच्चाहरुले नयाँ भाषा सिक्न सक्दैनन् । नयाँ मानिसँंग बोल्न लजाउने, डराउने तथा रुखो बोल्ने स्वभावका हुन्छन् ।

५ देखि १२ वर्ष उमेरका बालबालिकाहरुले  आफ्नो संस्कार सिक्ने साथै साथीभाईसँग खेल्ने, रचनात्मक कार्यहरु गर्ने उमेर हो । तर यस उमेर समुहका बालबच्चाहरु अधिकाँश समय घरभित्रै बित्ने भएकोले उनीहरुमा सामाजिक विकास हुन सक्दैन ।

विश्वभर तीव्र गतिमा भैरहेका प्रविधिहरु तथा स्मार्ट फोन विकासले  बुझ्ने उमेर समुहलाई त एकोहोरो बनाइरहेको  बेला अबोध बालबालिकाहरुलाई  एकोहोरो बनाउनु स्वभाविक नै हो ।

तर यस्तो लतबाट बचाउन अभिभावक नै सचेत बन्नुपर्छ ।

सकभर आफैं कम चलाउने वा बालबच्चाको अगाडि नचलाउने ,स्मार्टफोनभन्दा टिभी प्रयोग गर्न दिने,जसले आँखाको समस्या कम गर्छ ।

घरभित्र भन्दा बाहिरको क्रियाकलापमा संग्लन गराउने साथै आफ्ना बालबालिकाहरुले के देख्दै छन्,के हेर्दैछन्,के गर्दैछन् भन्नेबारे अभिभावक सचेत बन्न सके भने लागुऔषध जस्तै मानिएको स्मार्ट फोनको लतबाट आफ्ना बालबालिकाहरुलाई टाढा राख्न सकिन्छ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

2 Comments

  • P.M Mahataa

    Aug. 18, 2018, 8:53 a.m.

    Ya obviously Santosh Adhikari brother..we people are also addicted on internet n mobile phone..it's a serious problem for us😓

  •  0 Reply
  • santosh adhikari

    Aug. 15, 2018, 11:40 a.m.

    Addiction to mobile or smart phone is now become a serious problem. Not only concern to the children even though adult and busy man avoid their works due the consciousness of phone. we have to be aware of miss use of Internet and digital world to save our future generation becoming passive.

  •  0 Reply

तपाईको प्रतिक्रिया