माछा मार्न जाँदा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

 जेठ १६, २०७५ बुधबार ११:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन, जेठ १६ – भरतपुर महानगरपालिका वडा नम्बर २५ ध्रुवमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

मंगलबार राति माछा मार्न गएका स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको गैंडाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । क्षेत्रीसँगै रहेका अन्य दुई जना भने भागेर बाँच्न सफल भएका छन् ।

निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा माछा मर्न गएको समयमा राति १ बजे माछा मारेर फर्किँदै गर्दा दोभान सामुदायिक वनबाट निस्किएको गैंडाले क्षेत्रीलाई आक्रमण गर्दा घाईते भएका उनको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया