​एसईईको नतिजा असार दोश्रो साता

 जेठ १७, २०७५ बिहिबार १५:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर, जेठ १७ – कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने बताउनुभयो । गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोश्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो । 

परीक्षा नियन्त्रक रेग्मीले भन्नुभयो, ‘यसवर्ष जिल्ला शिक्षा कार्यालयहरुमा कर्मचारीको अभाव भयो, समय मै जिल्लाहरुबाट परीक्षण सकिएको उत्तर पुस्तिकाहरु पनि आएन, केही उत्तर पुस्तिका अझै आउने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारीहरु भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।’

नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि पनिकामा समेत यस वर्ष नयाँ कर्मचारी आएकाले संपरीक्षण लगायतका कार्यमा ढिलाई हँुदै गएकाले नतिजा ढिलाई हुने भएको हो । गएको चैत ८ गतेबाट सुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया