ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गयो

 भदौ ७, २०७५ बिहिबार ७:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गएको छ ।

प्रहरीका अनुसार भैरहवाबाट बुटवल आउँदै गरेको लु ७ प ८७७७ नम्बरको स्कुटीलाई त्यसै दिशातर्फ आइरहेको ना ५ ख ७०७७ नम्बरको ट्रकले बुधबार बेलुका मणिग्राममा ठक्कर दिँदा बुटवल ४ का ३० वर्षीय राम बिकको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बिकको उपचारको लागि मणिग्रामको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया