मोटरसाइकलकाे ठक्करबाट पैदल यात्री गम्भीर घाइते

 भदौ ८, २०७५ शुक्रबार १८:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – धनकुटाको मुख्य बजार चुवाको बोट नजिक आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा गम्भीर घाइते भएकी छन् । 

चुवाको बोट नजिकै रहेको एनआइसी एसिया बैंक अगाडि भएको घटनामा धनकुटाको चौबिसे गाउँपालिका–४ की ६१ बर्षीय पूर्णमाया भण्डारी घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

परिचयमोड तिरबाट बसपार्कतर्फ जांदै गरेको को २२ प ४८७५ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकी वद्धालाई मोटरसाईकलले ठक्कर दिएको थियो । 

मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धाको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले बताएको छ । 

मोटरसाइकलका चालक चौबिसे गाउँपालिका–५ का खेमराज बस्नेत र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया