हेर्ने कथा ७ - घोडेको कथा

 जेठ १८, २०७५ शुक्रबार २१:६:४२ | उज्यालो सहकर्मी

दाङ तुलसीपुर नजिकैको वनगाउँका झण्डै ४० घरमा घोडा पालिएको छ । उनीहरु सवेरै घोडा चढेर निस्कन्छन् । धान, मसुरो लगायतका बाली खोज्न टाढा गाउँसम्म पुग्छन् । सिजनअनुसारको बाली फेला पार्न मुश्किल पर्छ । फेला पारिहाले पनि भाउ मिलाउन कठिन हुन्छ । भाउ मिलेपछि उनीहरु खरिद गर्छन् । मिलमा कुट्ने पिस्ने काम सकेर बजार डुल्छन् । 

घरबाट गाउँसम्म पुग्दा घोडाले मान्छे बोक्छ । गाउँबाट बाली किनेपछि बजारसम्म पुर्याउँदा घोडाले भारी बोक्छ । वस्तीका मान्छेलाई गुजारा चलाउन घोडाको भर पर्नुपर्छ । घोडाले  आफ्नो मालिकबाट रेखदेख र दानापानी पाउछ, घोडाबाट मालिकले यातायातको सेवा ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया