सलमान खान र कट्रिना बने सुनिल ग्रोवरको फोटोग्राफर

 भदौ १५, २०७५ शुक्रबार १२:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय कमेडियन सुनिल ग्रोवर अभिनेता सलमान खानको फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । 

सलमान खानका साथ माल्टामा छायाँकनको क्रममा केही दिन अगाडि सुनिलको सलमान खानसँग एक तस्बिर सार्वजनिक भएको थियो । त्यस तस्बिरमा सुनिल क्यामेरा अगाडि पोज दिइरहेका देखिन्छन् भने सलमान खान उनको फोटो खिचिरहेका देखिन्छन् । 

माल्टामा छायाँकनको क्रममा सलमान खान मात्रै नभई फिल्म ‘भारत’ की मुख्य अभिनेत्री कट्रिना कैफ पनि सुनिल ग्रोवरकी फोटोग्राफर बनिन् । कट्रिनाले सुनिलको फोटो खिचिरहेको भिडियो सुनिलले उनको इन्स्टाग्राममा सेयर गरेका छन् । साथै उनले क्याप्सनमा लेखेका छन, ‘आशा गराै‍े कि उनी आफ्नै सेल्फी खिचिरहेकी छैनन् ।’ 

 

 

Hope she was not clicking her selfies. ♥️ @katrinakaif @bharat_thefilm

A post shared by Sunil Grover (@whosunilgrover) on

सुनिललाई एक मिडियाले अभिनेता सलमान खान र कट्रिना कैफले उनलाई मोडल बनाएर फोटो खिचिरहँदा कस्तो लाग्यो भन्ने प्रश्नमा भनेका छन, ‘यो समय मेरा लागि निकै शानदार रह्यो । फिल्मको छायाँकन अहिले पनि चलिरहेको छ । यो त केवल सुरुवात हो । मेरलागि यो एक अद्भुत अनुभव हो । किनकि यो सलमान खानको फिल्म हो ।’ 

— Sunil Grover (@WhoSunilGrover) August 20, 2018

निर्देशक अली अब्बास जफरद्वारा निर्देशित फिल्म ‘भारत’ सन् २०१९ को जून ५ मा प्रदर्शन हुनेछ । 

यस फिल्ममा सलमान खान, कट्रिना कैफ, सुनिल ग्रोवर, नोरा फतेही, दिशा पटानी तथा तब्बुको मुख्य भूमिका रहनेछ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया