झापामा भएकाे माेटरसाइकाल दुर्घटनामा दुईको मृत्यु

 भदौ १५, २०७५ शुक्रबार १५:५५:४९ | रासस

झापा - झापाका दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक र भद्रपुर नगरपालिका–२, बिगाउँमा मोटरसाइकलले पैदलयात्रीलाई टक्कर दिँदा एकजनाको मृत्यु भएको हो । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा ना४ख ४६५६ नम्बरको ट्रकले मे५प १८१८ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम देउमाई नगरपालिका–८ समीर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा त्यसै नगरपालिकाकाे वडा नं–९ का मोटरसाइकल चालक २१ वर्षीय निर्मल कट्टेल घाइते भएका छन् । घाइते कट्टेलको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी झापा भद्रपुर–२ बिगाउँस्थित भित्री सडकखण्डमा मे२प ५६२ नंको मोटरसाइकलले बिहीबार ठक्कर दिँदा त्यसै ठाउँकी ७५ वर्षीया फुलमाया तामाङको मृत्यु भएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया