श्रीमतीलाई नै जुवामा हारेपछि...

 जेठ १९, २०७५ शनिबार १३:१२:१८ | उज्यालो सहकर्मी

जेठ १९ – महाभारतमा पाण्डवहरुले कौरबहरुसँगको जुवामा द्रौपदीलाई दाउमा राखेको त सबैले सुनेकै कुरा हो । 

तर कलियुगमा कसैले आफ्नै श्रीमतीलाई जुवामा दाउ राख्छ ? सुन्दा अचम्म लाग्छ तर भारतको ओडिशा राज्यमा यस्तै घटना घटेको छ । ओडिशाको बालेश्वर जिल्लामा सबैलाई चकित तुल्याउने गरी एक जना व्यक्तिले श्रीमतीलाई जुवामा दाउ राखेको घटना सार्वजनिक भएको छ । 

बीबीसीका अनुसार जुवामा हारेपछि एक व्यक्तिले श्रीमती जित्ने व्यक्तिलाई बुझाए । त्यसपछि ती महिलासँग श्रीमानकै अगाडि बलात्कारको घटना भयो । अपीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । त्यसपछि पीडित महिलाका श्रीमान र जुवामा जित्ने व्यक्ति दुवै फरार रहेका छन् ।

पीडित महिलाले आफूसँग जर्बजस्ती भएपछि मात्रै आफूलाई जुवामा बाजी हारेको कुरा थाहा पाएको बताएकी छिन् । उनी भन्छिन्, ‘गएको २३ तारिखको राति ११ बजेतिर श्रीमान घर आए । उनले मलाई आफूसँग हिँड्न भने । मैले कहाँ जानुछ भनेर सोध्दा उनले केही जवाफ दिएनन् ।’

‘मलाई जबर्जस्ती गाउँभन्दा बाहिर लिएर गए । जहाँ उनका साथी पहिलेदेखि नै थिए जसलाई म भाइ भन्थे । उनले  मेरो हात समातेर तान्न थाले । मैले विरोध गरेँ । तर मेरा श्रीमानले मेरो साडी तान्दै मलाई ती व्यक्तिको हवाला गरिदिए ।’

पीडित महिला भन्छिन्, ‘जुवामा जित्ने व्यक्तिले मलाई अलि पर लगेर जबर्जस्ती गरे । पछि मात्रै थाहा पाएँ कि श्रीमानले मलाई जुवामा बाजी लगाउँदै हारेका रहेछन् ।’

उजुरी दर्ता गर्न प्रहरीको आनाकानी

अर्को दिन पीडिताकी छोरीले आफ्नो मावली हजुरबुवालाई फोन गरेर घटनाका बारेमा सुनाइन् । पीडिता महिला छोरालाई लिएर माइती गइन् । 

पीडिताका बुवा भन्छन्, ‘जब हामीले घटनाका बारेमा सम्धी र ज्वाईँलाई सोध्यौँ, उनीहरुले थाहा छैन भने । त्यसपछि मैले गाउँका मुखियासँग कुरा गरेँ ।’

उनी अगाडि भन्छन्, ‘मे २७ का दिन हामी स्थानीय प्रहरी चौकीमा उजुरी दिन गयौँ । उजुरी दर्ता गर्नुको साटो प्रहरीले श्रीमानसँग मिलापत्र गर्न सुझाव दियो । बुधबार एसपी साबसँग भेटेपछि मात्रै उजुरी दर्ता भयो ।’
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया