नेपाललार्इ अाठाैं सफलता: लामिछानेले लिए एकै अाेभरमा दुर्इ विकेट

 भदौ १६, २०७५ शनिबार १५:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनाेटमा अहिले भइरहेकाे खेलमा नेपाले मलेसियाकाे महत्वपूर्ण अाठाैं विकेट लिएकाे छ ।

साेमपाल कामीले २८ अाैं अाेभरकाे दाेस्राे बलमा मुहमद अनवरलार्इ अाउट गराएका हुन्

यसअघि सन्दीप लामिछानेकाे २७ अाैं अाेभरकाे दाेस्राे बलमा मुहमद श्याहदतलार्इ स्टम्प्ड अाउट गराएका थिए भने त्यसै अाेभरकाे चाैथाे बलमा श्याज्रुल इद्रसलार्इलार्इ पनि अाउट गराएका थिए

साथै २५ बलमा ३४ रन बनाएर अाक्रामक खेल खेलिरहेका मलेसियाका सयद अजिजलार्इ दिपेन्द्र एेरीले ले २४ अाैं अाेभरकाे तेस्राे बलमा सुबास खकुरेलबाट स्टम्प्ड अाउट गराएका थिए । 

यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन बनाएकाे थियाे । यस क्रममा  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका थिए ।

नेपालको पारी धरासायी भएको अवस्थामा क्रिजमा आएका ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सम्हाले । कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ४८ बलमा अर्धशतक पूरा गरे ।

 

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया