गण्डकी प्रदेश : हरिबहादुर चुमानलाई आर्थिक मामिला र दीपक मना...
बैशाख ८, २०८१ शनिबार
टेलिभिजनका सुपरहिट जोडी सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे फेरि एकसाथ देखिने भएका छन् । झण्डै ६ वर्षसम्म लिभ इन रिलेशनसिपमा रहेको यो जोडी ब्रेकअप भएको केही वर्षपछि फेरि टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’ मा देखिने भएको हो ।
दर्शकको मागका कारण जी टीभिले ‘पवित्रा रिश्ता’ र ‘जोधा अकबर’लाई पुनः प्रसारण गर्ने निर्णय लिएको छ । यस च्यानलले सामाजिक संजालमार्फत यही सेप्टेम्बर ३ देखि दर्शकहरुको मागलाई ध्यानमा राख्दै ‘पवित्र रिश्ता’ र जोधा अकबर’ सोमबारदेखि शुक्रबार साँझ ४ बजे र ५ बजे पुनः प्रसारण गर्ने जानकारी दिएको छ ।
सन् २००९ देखि जी टीभी मार्फत सुरु भएको ‘पवित्र रिश्ता’ ५ वर्ष सम्म दर्शकहरु माझ लोकप्रिय भएको थियो । सुशान्त र अंकिता अभिनित ‘पवित्र रिश्ता’ फेरि प्रसारण हुने खबरले यो जोडीका प्रशंशक तथा दर्शकहरु यो जोडीलाई हेर्न उत्साहित भएका छन् ।
त्यस समयमा सुशान्त र अंकिताको जोडी टेलिभिजनका उत्कृष्ट जोडीहरु मध्यको एक थियो । तर ६ वर्षको लामो प्रेम सम्बन्धमा रहेका यि दुवै अहिले छुट्टिसकेका छन् । सुशान्त र अंकिताको विछोड पछि सुशान्तको नाम अभिनेत्री कृति सेननका साथ जोडियो भने अंकिता मुम्बईका व्यापारी विक्की जैनलाई डेट गरिरहेकी छिन् ।
सुशान्त सिंह राजपुत फिल्म ‘केदारनाथ’ मा सैफ अलि खानकी छोरी सारा अलि खानका साथ दर्शक माझ देखिनेछन् भने अंकिता लोखण्डे कंगना रनावतका साथ ‘मनिकर्णिकाः द क्वीन अफ झाँसी’ बाट बलिउड डेब्यूको तयारीमा छिन् ।