नेपालको तेस्रो विकेट झर्‍याे

 भदौ १९, २०७५ मंगलबार ९:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट झरेको छ । तेस्रो विकेटमा अनिलकुमार साह १५ रन बनाएर आउट भए । नेपालले १६ ओभरको खेल चल्दा ३ विकेट गुमाएर ४७ रन बनाएको छ । 

नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । उनि इसान नवाजको बलमा क्याच आउट भएका हुन् । 

फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुनेछैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया