नेपालको खराब प्रदर्शन जारी, ६ विकेट गयो

 भदौ १९, २०७५ मंगलबार ९:४९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको लगातार विकेट गैरहेको छ । नेपालले छैटौँ विकेट पनि गुमाएको छ ।

नेपालको छैटौँ विकेटमा सागर पुन आउट भए । 

नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । तेस्रो विकेटमा अनिलकुमार साह १५ रन बनाएर आउट भए । चैथोमा ज्ञानेन्द्र मल्ल, पाँचौमा दीपेन्द्र सिंह ऐरी आउट भए । ऐरी २ रन बनाएर आउट भए । 

फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुने छैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Anish

    Sept. 4, 2018, 9:55 a.m.

    खत्तम भयो आज, तैपनि best of luck

  •  0 Reply

तपाईको प्रतिक्रिया